पोखराका ३२ वर्षीय थापाको अमेरिकामा सवारी दुर्घटनामा परेर मृत्यु

पोखराका ३२ वर्षीय थापाको अमेरिकामा सवारी दुर्घटनामा परेर मृत्यु


  • जन संचार
  • मंगलबार, १९ पुष २०७९
  • 16.2K
    Shares

हेम्जा पोखराका मनोज थापा

पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाका ३२ वर्षीय मनोज थापाको अमेरिकाको न्युयोर्क सिटीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुशार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो । झन्डै सात वर्ष अमेरिका पुगेका थापा अमेरिकामा उबर चालकको रुपमा काम गर्दै आएका थिए।

प्रहरी प्रवक्ताका अनुशार शनिबार विहान लगभग १२ बजेर ५८ मिनेटमा प्रहरीले उनलाई बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए । आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । र ३२ बर्षका थापालाई घटनास्थलमा नै मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान पनि सार्वजनिक गरेको छ ।

प्रहरी अनुसन्धान अनुशार रातो निसान सेन्ट्रा गाडी एक्सप्रेसवेको दाहिने लेनमा रोकिएको थियो । जब थापाले चलाएको टोयोटा क्यामरी गाडी अगाडि जान जान असफल भएको थियो, त्यतीबेला निसान गाडीको पछाडि थापाले आफ्नो गाडी रोकेका थिए ।

त्यहीबेला एक टोयोटा भेन्जा गाडी दुई रोकिएका गाडीहरूबाट बच्न प्रयास गर्दै अगाडि बढ्न खोज्दा थापाको टोयोटा क्याम्रीको पछाडिको भागमा थोरै छोएको थियो । त्यसपछि थापा गाडीबाट बाहिर निस्किएर आफ्नो गाडीमा भएको क्षतिको मूल्याङ्कन गर्दै थिए । त्यही बेला २४ वर्षीय पुरुषद्वारा चलाईएको ब्ल्याक बीएमडब्लु गाडीले ३२ वर्षीय थापालाई हानेको थियो । बीएमडब्लुले हान्दा थापा दुईवटा गाडीको बीचमा हुत्तिएको प्रहरीले जनाएको छ ।

घटनापछि थापालाई ठक्कर दिने २४ बर्षका गाडी चालक घटनास्थलमा नै रहेका थिए । उनलाई चालकलाई सामान्य चोटपटकको लागि घटनास्थलमा उपचार गरिएको थियो तर अस्पताल भने नलगिएको प्रहरीले जनाएको छ ।

अन्य दुई सवारी साधनका चालकहरूलाई लुथरन मेडिकल सेन्टरमा लगेर सामान्य चोटपटकको लागि उपचार गरिएको थियो । घटनामा कुनै अपराधको शंका नगरिएको र कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया