फुटबलका बादशाह पेलेको निधन

फुटबलका बादशाह पेलेको निधन


  • जन संचार
  • शुक्रबार, १५ पुष २०७९
  • 13.3K
    Shares

फुटबलका बादशाह पेले

विश्वको फुटबल इतिहासमा बादशाह मानिदै आएका ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा एक हजार दुईसय ८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् ।

१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए ।

प्रतिक्रिया