काठमाडौंमा आज बर्षकै उच्च चिसो, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौंमा आज बर्षकै उच्च चिसो, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध


  • जन संचार
  • बुधबार, १३ पुष २०७९
  • 3.3K
    Shares

काठमाण्डौमा आज बर्षकै उच्च चिसो मौसम

काठमाडौं उपत्यकाको आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो वर्षकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

हाल देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसमविद्‍ राजु प्रधानांगका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको कारण प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ।

यस्तै बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु-कुहिरो लागिरहेको प्रधानाङ्गले बताए। उनका अनुसार मध्यान्न पछि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ।

 

 

प्रतिक्रिया