साउनदेखि मंसिरसम्ममा ३८ हजारबढीले विदेश पढ्न जान एनओसी लिंदा ८ करोडभन्दा धेरै राजस्व संकल

साउनदेखि मंसिरसम्ममा ३८ हजारबढीले विदेश पढ्न जान एनओसी लिंदा ८ करोडभन्दा धेरै राजस्व संकल


  • जन संचार
  • मंगलबार, ५ पुष २०७९
  • 8.7K
    Shares

५ महिना ३८ हजार बढीले एनओसी लिए

साउन १ गतेदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले वैदेशिक अनुमति पत्र (एनओसी) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाबाट विभिन्न ५९ वटा देशका लागि एनओसी वितरण गरेको छ । एनओसी मार्फत सरकारले यो पछिल्लो पाँच महिनामा ८ करोड २१ लख ३२ हजार राजस्व संकलन गरेको छ ।

शाखाको तथ्यांक अनुसार सबै भन्दा बढी अष्ट्रेलिया, क्यानडा, जापान, भारत, युके, अमेरिका, दक्षिण कोरियाका लागि नेपालीले एनओसी लिएका छन् । शाखा प्रमुख बासुदेव वस्तीले अहिले औषतमा दैनिक तीन सय विद्यार्थीले एनओसीका लागि आवेदन दिईरहेका छन् ।

शाखाले आवेदन परेको २४ घण्टाभित्र अनलाइनमार्फत भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको छ ।

 

प्रतिक्रिया