लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको छ ।
फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।
अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।