पोखराका गौतम स्पेनमा मृत भेटिए

पोखराका गौतम स्पेनमा मृत भेटिए


  • जन संचार
  • मंगलबार, ५ पुष २०७९
  • 19.2K
    Shares

पोखरा महानगरपालिका वडा नम्बर १३ घर भएका ५९ वर्षीय मोतीराम गौतम स्पेनमा मृत भेटिएका छन्। झन्डै डेढ दशकदेखि स्पेनको क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आँफै बसेको अपार्टमेन्टमा मृत भेटिएका हुन् ।

लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार, केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए। कोरोना संक्रमित भइ एक हप्ता अस्पताल बसेर घर फर्किएका गौतम शुक्रबार घरभित्र सोफा तल लडिरहेको अवस्थामा मृत भेटिएका बताइएको छ।

शुक्रबार बिहानदेखि सम्पर्क गर्दा फोन समेत नउठे पछि खोजी गर्दा घरभित्र मृत भेटिएको प्राप्त समाचारमा जनाइएको छ। दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन्।

बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ। पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।

प्रतिक्रिया