भोजपुर घर भएका दिवश राई जापानको राजधानी टोकियोमा मृत भेटिएका छन्। टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका ४२ वर्षीय राई शनिबार राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्।
शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएका र तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।
प्रहरीले जिम्मा लिए लगत्तै आवश्यक सबै सोधपुछ र अनुसन्धान पछि राईको पार्थिव शरीर अहिले पोष्ट मार्टमका लागि अस्पतालमा लैजाँदै गरेको पारिवारिक निकट स्रोतले जनाएको छ। राईको मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ।
विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका राइको भोजपुर-४ स्थित घरमा सात वर्षीय एक छोरी छिन्।