राष्ट्रिय क्रिकेट टिम (क्यान)का प्रमुख प्रशिक्षक प्रभाकरले दिए राजिनामा

राष्ट्रिय क्रिकेट टिम (क्यान)का प्रमुख प्रशिक्षक प्रभाकरले दिए राजिनामा


  • जन संचार
  • बिहिबार, २९ मंसिर २०७९
  • 3.1K
    Shares

रास्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

नेपाल राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक एवं भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

डिसेम्बर १५ (मंसिर २९) देखि लागू हुने गरी राजीनामा दिएका प्रभाकर चार महिना अघि मात्रै प्रशिक्षक नियुक्त भएका थिए । उनको राजिनामा स्वीकृत भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

लगातारको खराव नतिजा, खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीमा प्रश्न उठेपछि प्रभाकरसँगको सम्झौता टुंग्यायने पक्षमा क्यान आफैं पुगेको थियो ।

सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयताको चार वर्षमा पाँचजना प्रशिक्षक परिवर्तन भएका छन् । तीमध्ये चार जनाले सम्झौताको समयावधि अगाडि नै राजीनामा दिएका छन् ।

एक वर्षको सम्झौता गरी साउन अन्तिम साता नेपाल आएका प्रभाकरको प्रशिक्षणमा नेपालले केन्यासँग टी–२० अन्तर्राष्ट्रिय शृंखला तथा एकदिवशीय शृंखला जितेको थियो ।

अघिल्लो महिना युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला जिते पनि नेपालका लागि अत्यावश्यक आईसीसी विश्वकप क्रिकेट लिग टू को हालै सम्पन्न त्रिकोणात्मक शृंखलामा भने नेपालको प्रदर्शन अहिलेसम्मकै खराव रह्यो ।

नेपालले स्कटल्याण्ड र नामिवियासम्मिलित शृंखलामा कुनै पनि खेल जित्न सकेन । पछिल्लो समय क्यानका पदाधिकारीसँग पनि प्रभाकरको सम्वन्ध बिग्रिएको थियो ।

 

प्रतिक्रिया