गायक निशान भट्टराईको दाम्पत्य जीवनमा दरार !

गायक निशान भट्टराईको दाम्पत्य जीवनमा दरार !


  • जन संचार
  • बिहिबार, २९ मंसिर २०७९
  • 17.7K
    Shares

गायक निशान भट्टराई

यति बेला सामाजिक संजाल र विभिन्न संचार माध्यमहरुमा गायक निशान भट्टराईको दाम्पत्य जीवनमा दरार उत्पन्न भएका खबरहरु सार्वजनिक भैरहेका छन्। तर सम्बन्धित पक्षले यस बारेमा आधिकारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छैनन्।

दुई वर्ष लामो प्रेम सम्बन्ध पछि गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले २०७७ सालमा कानूनी विवाह गरेका थिए।
नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेपछि चर्चित बनेका निशानले प्रेमिका ऋचालाई विवाह गरेका थिए । तर अहिले आएर उनीहरुको सम्बन्धमा दरार आएको धेरैले अनुमान गर्न थालेका छन्।

दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् । ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् । उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् ।

अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।

नेपाल आइडलबाट चर्चामा आएका निशान पछिल्लो समयका चर्चित गायक हुन् भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् ।

प्रतिक्रिया