बिहे भोज खाएपछि एक सय ८० जना बिरामी, पानीमा देखियो हैजाका किटाणु

बिहे भोज खाएपछि एक सय ८० जना बिरामी, पानीमा देखियो हैजाका किटाणु


  • जन संचार
  • शुक्रबार, २३ मंसिर २०७९
  • 14.1K
    Shares

पाल्पाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक हैजा फैलाउने जीवाणु ‘कोलिफर्म भेटिएको छ । प्रयोगशालामा गरिएको परिक्षणमा उक्त बिहे भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।

बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए ।

बगनासकाली-१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक सय ५० बढी बिरामी भएका थिए। प्यूठानबाट आएका जन्ती र पाल्पाका गाउँले र आफन्त बिरामी भएका थिए। उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो।

बिरामीमध्ये ३४ जना पाल्पा मिसन अस्पतालमा उपचार गराएका थिए। बिरामीको दिसा परीक्षणमा पनि आउँको किटाणु देखिएको थियो। चिकित्सकले पनि आउँको किटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए।

बिरामी भएको गाउँमा बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सय बढीको उपचार गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए।

प्रतिक्रिया