नेपालद्वारा युएईलाई ६ विकेटले पराजित

नेपालद्वारा युएईलाई ६ विकेटले पराजित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ मंसिर २०७९
  • 4.5K
    Shares

नेपालले युएईविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तथा तेस्रो कदिवसीय खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो।

यसअघि नेपालले पहिलो खेल ८४ रनले गुमाउँदा दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो। शुक्रबार युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

प्रतिक्रिया
सम्बन्धित समाचार