चर्चित दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्। उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए।
उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ। जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए।
यसैबीच सम्बन्ध बिच्छेद हुनु अघि चर्चित दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले बिभिन्न संचार माध्यमलाई अन्तरवार्ता दिदै आफुले सम्बन्ध बिच्छेद गर्नुको कारण खुलाएकी छिन। उनले आफ्ना श्रीमान भनिएका शंकर क्षेत्रीको आफ्नै दोहोरीमा काम गर्ने एक जना डान्सरसंग नाजायज सम्बन्ध रहेको र सोधीखोजी गर्दा आफूमाथि निर्घात हुने गरी कुटपिट गरिएको बताएकी छिन।
आफुलाई खुलेर काम गर्न पनि नदिएको र सोचे जस्तो माया पनि नदिएको जिकिर गर्दै उनले श्रीमान भनिएका क्षेत्रीले आफ्नो नाममा घर घडेरी जोड्न दबाब दिएको दाबी गर्दै आफुलाई ऋण बोकाएर नवलपरासीमा घडेरी जोडेको आरोप लगाइन।
आफूलाई शंकालू दृष्टि हेर्ने क्षेत्रीले तिहारमा भाइटिका लगाइदिने गायक प्रदिप क्षेत्रीसंग आफ्नो नाम जोडेर बदनाम गर्न खोजेको बताइन्।