प्रदेश १ का वन मन्त्री एबम प्रदेश सभा सदस्यका उम्मेदवार थापाको डेंगीका कारण मृत्यु, चुनाब निर्धारित मितिमै हुने

प्रदेश १ का वन मन्त्री एबम प्रदेश सभा सदस्यका उम्मेदवार थापाको डेंगीका कारण मृत्यु, चुनाब निर्धारित मितिमै हुने


  • जन संचार
  • बुधबार, २३ कार्तिक २०७९
  • 5.4K
    Shares

प्रदेश १ का मन्त्री थापाको डेंगीका कारण मृत्यु

डेंगी संक्रमणका कारण प्रदेश १ का वन वातावरण तथा भू संरक्षण मन्त्री एबम मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।

थापाको आज बिहान साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा भएको अस्पतालका निर्देशक नारायण दाहालले बताए । उनी उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।

यसैबीच प्राप्त जानकारी अनुसार, निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३ (१) का प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भए पनि निर्धारित समय मंसीर ४ गते नै चुनाब गरिने जानकारी दिएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलले उम्मेदवारी दर्तापछि कुनै उम्मेदवारको निधन भएमा ऐनअनुसार निर्वाचनको नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमै चुनाव हुने जानकारी दिए । ‘नयाँ निर्वाचन कार्यक्रम तय हुन्छ । जुन पार्टीको उम्मेदवारको मृत्यु भएको हो सो पार्टीलाई उम्मेदवारी दिने, दावीविरोध गर्ने लगायतका प्रक्रियाहरू हुन्छन्’, आयोग प्रवक्ता पौडेलले भने, ‘निर्वाचन सोही मितिमा हुन्छ ।’

एक महिनादेखि अस्वस्थ थापा गठबन्धनका तर्फबाट कांग्रेसका साझा उम्मेदवार बनेका थिए । गठबन्धनको सहमतिअनुसार सो स्थानमा कांग्रेसले अव अर्को उम्मेदवार तय गर्ने बताइएको छ ।

प्रतिक्रिया