डेंगु संक्रमणबाट पोखरा बसपार्कका इञ्जिनियर शोनिस कर्माचार्यको निधन

डेंगु संक्रमणबाट पोखरा बसपार्कका इञ्जिनियर शोनिस कर्माचार्यको निधन


  • जन संचार
  • मंगलबार, २२ कार्तिक २०७९
  • 6.8K
    Shares

इञ्जिनियर शोनिस कर्माचार्य

डेँगु संक्रमणबाट चितवनका एक इन्जिनियरको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कका २७ वर्षीय इञ्जिनियर शोनिस कर्माचार्यको डेँगु संक्रमणबाट मृत्यु भएको हो । उनको मेडिसिटी अस्पताल काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।

नारायणी सामुदायिक अस्पतालमा पाँच दिन प्रारम्भिक उपचार गरेर मेडिसिटी अस्पताल काठमाडौँ लगिएको शोनिसको मेडिसिटी अस्पतालमा कात्तिक १९ गते निधन भएको हो । भरतपुरको लंकु यज्ञपुरीमा बन्दै गरेको ग्यालेक्सी गार्डेन रिसोर्ट निर्माणमा संलग्न शोनिस नारायणगढका होटल व्यवसायी सुरेश कर्माचार्य र निरु कर्माचार्यको छोरा हुनुहुथ्यो । प

योसँगै डेंगुबाट नेपालमा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । यस्तै, डेंगु संक्रमितको संख्या ५० हजार दुई सय ५३ पुगेको छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएका थिएनन् । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ र त्यहीं लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गरेको विज्ञहरु बताउँछन्।

पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरकाले ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको थियो । डेंगुबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया