नेपाल सरकारको आग्रहलाई लत्याउदै बिना जानकारी साउदी अरबमा उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड

नेपाल सरकारको आग्रहलाई लत्याउदै बिना जानकारी साउदी अरबमा उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड


  • जन संचार
  • बिहिबार, १७ कार्तिक २०७९
  • 6.9K
    Shares

उदयपुरका बिबेक दाहाल

नेपाल सरकारले क्षमादान दिन बारम्बार गरेको आग्रहलाई अस्वीकार गरेको साउदी अरब सरकारले १५ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका उदयपुरका विवेक दाहाललाई नेपाली राजदुताबासलाई जानकारी समेत मृत्यु दण्ड दिएको छ। त्यति मात्र हैन, साउदी अरब सरकारले दाहालको शवलाई अन्तिम संस्कार गर्न नेपाल नपठाई परिवारको सहमतिबिनै दफन गरिदिएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार जुबेलस्थित अबुहद्रिय जेल प्रशासनले उदयपुरको बसाहा–७, बै‌कडाँडाका दाहाललाई जेल परिसरभित्रै कात्तिक ६ गते मृत्युदण्ड दिएको हो । मृत्युदण्ड दिएको ४८ घण्टापछि मात्रै नेपाली दूतावासलाई सूचना दिइएको बताइएको ।

दाहालले २००७ फेब्रुअरी २ मा मोरङका आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । त्यस घटनामा गम्भीर घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । नियोजित तरिकाले घटना गराएको भन्दै तल्लो अदालतले सुनाएको मृत्युदण्डको आदेशलाई क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर भएको थियो ।

न्यायिक प्रक्रिया समाप्त भएकाले नेपालले दाहालको जीवनरक्षाका लागि सबै तह र तप्कामा क्षमादानका लागि अनुरोध गरिएको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताइन् । ‘परराष्ट्र मन्त्रालयले दाहालको जीवनरक्षाका लागि कुनै किसिमको पहलकदमी बाँकी राखेको थिएन । राष्ट्रपतिबाट साउदीका राजासमक्ष पनि क्षमादान दिन पत्र पठाइएको हो । हरेक भ्रमणमा महत्त्वको साथ उठाइएको हो,’ उनले भनिन्, ‘यो घटनाले हामीलाई निकै गम्भीर बनाएको छ ।’

२००६ मा अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्थे । दाहालले सुतिरहेका बेला विष्ट र सुडानी नागरिक हत्याको प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो । पीडित विष्टको परिवारले दाहाललाई ब्लडमनिबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुबेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि माफी नदिई स्वदेश फिरेका सुडानी नागरिक सम्पर्कविहीन भए । ‘विष्ट परिवारबाट माफी भए पनि सुडानी नागरिकबाट भएन, अदालतबाट पनि माफी भएन,’ नेपाली दूतावासका एक अधिकारीले भने ।

प्रतिक्रिया