‘बेपत्ता’ लोकदोहोरी गायिका बबिता बानियाँ जेरी’को आयो यस्तो भिडियो सन्देश

‘बेपत्ता’ लोकदोहोरी गायिका बबिता बानियाँ जेरी’को आयो यस्तो भिडियो सन्देश


  • जन संचार
  • मंगलबार, १५ कार्तिक २०७९
  • 8.6K
    Shares

बबिता बानियाँ 'जेरी'

तिहारको भाइटिका लगाएपछि बेपत्ता भएको भनिएकी लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ अचानक सोमबार राती सार्वजनिक भएकी छिन।

उनले सोमबार राती एक भिडियो सन्देश सार्वजनिक गर्दै आफु बेपत्ता नरहेको जिकिर गरेकी छिन। विभिन्न संचार माद्यमहरुमा आफू बेपत्ता भएको भन्दै आएको समाचारहरु प्रति आश्चर्य प्रकट गर्दै लोक दोहोरी गायिका बानियाँले आफू बेपत्ता भएको नभै तिहारको लक्ष्मी पुजाको दिन आफ्नो मोबाइल हराएको र सोही मोबाइलमा आफ्नो फेसबुक, टिकटक लगायतक सामाजिक संजालहरु रहेकोले सामाजिक संजालबाट सम्पर्क हुनु परेको उक्त भिडियो सन्देशमा उल्लेख गरेकी छिन।

आफ्ना श्रीमान शंकर क्षेत्रीले आफूहरु पोखरा भ्रमणमा आएको पुरानो भिडियो सोमबार सार्वजनिक गरिदिए पछि आफू पोखरामा रहेको भ्रम परेको बताउदै उनले आफु यतिबेला पोखरा नभई माइत गोरखामा रहेको जानकारी दिएकी छिन।

आफु यही १७ गते काठमाण्डौ फर्कने जानकारी दिदै बानियाँले त्यसपछि मात्र आफ़ुल्ले नयाँ मोबाइल र सिम लिए पछि मात्र आफुले सामाजिक संजालहरु संचालन गर्ने जानकारी दिएकी छिन। उनले अदालतमा चलिरहेको श्रीमानसंगको सम्बन्ध विच्छेदको मुद्दा बारे उक्त भिडियो सन्देशमा केही बोलेकी छैनन्।

यसैबीच श्रीमान शंकर क्षेत्रीले बबिता बानियाँ ‘जेरी’ले आफ्ना गल्ती कमी कमजोरीहरु स्वीकार गरेर गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएमा दुवै जनाले आ-आफ्ना कमी कमजोरीलाई सच्याएर संगै अघि बढ्ने संकेत दिएका छन्। उनले सोमबार बिभिन्न संचार माध्यमहरुलाई अन्तरवार्ता दिदै दुवै जना मिलेर जाने अवस्था भए आफूले सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिन तयार रहेको बताए।

शंकर क्षेत्री आफुले बबितासंग सम्बन्ध बिच्छेद गरेर अर्को बिबाह गर्न तयारी गरिरहेको समाचार प्रति उनले भ्रामक र्कपोल्कल्पित समाचार भनेका छन्। उनले बबितालाई अझै पनि आफुले माया गर्ने गरेको उल्लेख गर्दै बबिताले चाहे अझै पनि संगै जिन्दगी काट्न सकिने स्पस्ट पारे।

बबिता बानियाँ र शंकर क्षेत्रीको बिबाह उदाहरणीय भनिएको थियो। तर दुई वर्ष नकाट्दै त्यस सम्बन्ध के कारण फाट्न पुग्यो अहिलेसम्म खुलेको छैन। दुबैले ती कारणहरु सम्बन्ध बिच्छेद भए पछि मात्र खुलाउने भनेका छन्। तर सम्बन्ध बिच्छेद लगत्तै बिबाह गर्न लग्नु भएको छ रे नि त भन्ने प्रश्नको जवाफमा शंकर क्षेत्रीले बबिता बानियाँको नयाँ कुरा खुलासा गरिदिएका छन्। उनले आफुसंग बिबाह भएपछी पनि कागजी बिबाह गरेर बबिता अर्कै पुरुषसँग जापान जाने तयारी गरेको खुलाए। अहिले पनि बबिता बानियाँले पटक पटक आफु विदेश जाने कुरा गर्दै आएकी छिन। उनले सम्बन्ध बिच्छेद भएमा आफु विदेश जाने भनाई सार्वजनिक गरेकी छिन। उनी त्यही कागजी बिबाह गरेका पुरुषसंग जापान जाने हुन् वा अन्यत्र त्यो भने खुलेको छैन। बबिताको त्यस पुरुषसंगको नाता सम्बन्धका बारेमा समेत केही खुलेको छैन।

सभवत: बबिता बानियाँको त्यही कागजी बिबाह र विदेश जाने कुराले शंकर क्षेत्रीसंगको सम्बन्ध बिग्रिएको हुनसक्ने धेरैले अनुमान गरेका छन्।

प्रतिक्रिया