प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ऐन संशोधन भएपनि स्वीकृत हुन बाँकी रहेको बताएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले प्रदेश सभामा कम्तिमा ३७ प्रतिशत महिला सहभागिता पुगोस् भन्ने आयोगको चाहना छ रहेको बताए ।
उम्मेदवार तय गरेर मनोनयन गर्न पठाए जति पनि (५० प्रतिशत)मनोनयन दर्ता गरिदिने र चुनाव लड्न पाइने कुरा उनले व्यक्त गरेका हुन् ।
प्रमुख आयुक्त थपलियाले अब उम्मेदवारले खर्च गर्न पाउने रकम पनि निर्वाचन क्षेत्र अनुसार फरकफरक हुनसक्ने बताए । उनले अहिले खाका तयार गरिरहेको भन्दै छिट्टै स्वीकृत हुने जानकारी गराए ।
निर्वाचन क्षेत्र घुम्न लाग्ने समय, निर्वाचन स्थल, केन्द्र र मतदाता संख्याको आधारमा खर्च गर्न पाउने रकम तय हुने उनको भनाइ छ ।