बिरामी बोक्ने एम्बुलेन्समा ठुलो मात्रामा लागू औषध गाँजा फेला परे पछि सिराहाबाट प्रहरीले चालकलाई पक्राउ गरेको छ।
सोमबार राति पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा ९० किलो गाँजा बरामद भए पछि एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको हो।
सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा पांच वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा ९० किलो गाँजा र २८ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।
गाँजा बरामद भएपछि एम्बुलेन्स चालक सिरहाको धनगढीमाई नगरपालिका-९ बस्ने २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।