सर्वोच्चका कामु प्रधानन्यायधिश कार्की र न्यायाधिश सिन्हालाई कोरोना संक्रमण

सर्वोच्चका कामु प्रधानन्यायधिश कार्की र न्यायाधिश सिन्हालाई कोरोना संक्रमण


  • जन संचार
  • शुक्रबार, २० साउन २०७९
  • 3.2K
    Shares

कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की , न्यायाधिश अनिल कुमार सिन्हा

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिल कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्वोच्च स्रोतका अनुसार दुबै जनाको स्वास्थ्य समान्य रहेको छ । केही दिनदेखि कोरोनाको लक्षण देखिएपछि उनीहरुले परीक्षण गराएको सर्वोच्चले जनाएको छ । दुबै जना अहिले होम आइसोलेशनमा छन् ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने थप नौसय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छहजार चार सय ९१ जनामा परीक्षण गर्दा नौसय १२ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ३७० जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित संख्या ५ हजार ७६० रहेको छ ।

प्रतिक्रिया