डडेल्धुरा अस्पतालमा नवजात शिशुका आमाछोराको मृत्यु, अर्का नवजात शिशु र सुत्केरीको उद्धार गरी उपचार जारी

डडेल्धुरा अस्पतालमा नवजात शिशुका आमाछोराको मृत्यु, अर्का नवजात शिशु र सुत्केरीको उद्धार गरी उपचार जारी


  • जन संचार
  • शनिबार, १४ साउन २०७९
  • 4.2K
    Shares

डडेल्धुरा अस्पताल, dadeldhura-hospital

उपचारका क्रममा डडेल्धुरा अस्पतालमा एकजना नवजात शिशुका आमाछोराको मृत्यु भएको खबर आइरहदा दार्चुलाबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि अर्का एक नवजात शिशु र सुत्केरीलाई डडेल्धुरा अस्पताल ल्याइएको खबर छ।

प्राप्त जानकारी अनुसार, बेहोस अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएकी बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको उपचारका क्रममा शनिबार मृत्यु भएको छ ।

छारे रोगबाट पिडित गर्भवती अवस्थामा रहेकी सृजना सुनारको उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, दार्चुलामा उपचार नहुँदा स्वास्थ्य अवस्था नाजुक बनेपछि नेपाली सेनाको हेलिकप्टरले लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षीया काली सार्की र नवजात शिशुको उद्धार गरेर थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याएको खबर छ।

लेकम गाउँपालिका –२ सर्मोली गराडी स्वास्थ्यचौकीमा सुत्केरी भई कम तौलको बच्चा जन्माएकी काली सार्कीको स्वास्थ्य अवस्था नाजुक हुँदै गए पछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सातसय ग्राम तौल भएको बच्चा र आमाको उपचारका लागि उनलाई सुर्खेत पठाइएको प्रजिअ उपाध्यायले बताए ।

प्राप्त समाचार अनुसार, दुई हप्ता पहिले दार्चुलाको गोकुलेश्वर अस्पतालबाट उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल पठाइएकोमा आर्थिक अभावकाकारण त्यति बेला उपचार नगरी घर फर्किएका थिए। तर सार्की दम्पत्ति शनिबार बिहान डेढ बजे गराडी स्वास्थ्यचौकी पुगेका थिए । ३४ किलोग्राम तौल र एकसय २५ सेन्टिमिटर उचाइ रहेकी काली सार्कीले शनिबार दिउँसो १२ बजेर ६ मिनेटमा कम तौलको बच्चा जन्माएकी गराडी स्वास्थ्यचौकीका निमित्त प्रमुख अहेब गणेश भट्टले जानकारी दिए।

बच्चा जन्माएपछि पनि उनको अवस्था जटिल बन्दै गएपछि उद्धारका लागि लेकम गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको अहेब भट्टले बताए । त्यसपछि लेकम गाउँपालिका र दार्चुला प्रशासनको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको लेकम गाउँपालिका स्वास्थ्य शाखा संयोजक अम्बादत्त जोशीले बताए ।

प्रतिक्रिया