भरतपुर अस्पतालमा दूध सर्किएर शिशुको मृत्यु : लापरवाही भन्दै आफन्तले डाक्टर नर्सलाई थुने

भरतपुर अस्पतालमा दूध सर्किएर शिशुको मृत्यु : लापरवाही भन्दै आफन्तले डाक्टर नर्सलाई थुने


  • जन संचार
  • शुक्रबार, १३ साउन २०७९
  • 4.3K
    Shares

भरतपुर अस्पताल, bharatpur hospital

भरतपुर अस्पतालमा एक शिशुको उपचारको क्रममा लापरवाहीबाट मृत्यु भएको भन्दै आफन्तले डाक्टर र नर्सलाई कार्यकक्षमा थुनेका छन् ।

प्राप्त समाचार अनुसार, बिहान १० बजे भरतपुर महानगरपालिका–१५ का शोभा लम्साल र राम लम्सालले उपचारका लागि ल्याएका आफ्नो तीन महिनाको उपचार क्रममा दिउसो तीन बजे मृत्यु भएको थियो। त्यसपछी पिडित पक्षले अस्पतालमा बच्चाको उपचार गर्न छाडेर नर्सहरु जन्मदिन मनाउन लागेको भन्दै बच्चा वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई कार्यकक्षमै थुनेका बताइएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले कार्यकक्षमा थुनिएका डाक्टर र नर्सलाई मुक्त गरिएको जानकारी दिए । उनले भने, ‘ बच्चाले दूध नखाएको कारण आज बिहान अस्पताल लिएर आएका थिए । बच्चाको दूध सर्किएको कारणले निधन भएको हो ।’ अस्पतालका बाल चिकित्सक डा. ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताए ।

प्रतिक्रिया