कोरोनाको चौथो लहर शुरु भएसंगै नेपालमा अत्यधिक संक्रामक ओमिक्रोनको उपप्रजाति बीएफ.वान का बिरामी भेटिए

कोरोनाको चौथो लहर शुरु भएसंगै नेपालमा अत्यधिक संक्रामक ओमिक्रोनको उपप्रजाति बीएफ.वान का बिरामी भेटिए


  • जन संचार
  • शुक्रबार, ६ साउन २०७९
  • 4.1K
    Shares

अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान का बिरामी नेपालमा पनि देखिएका छन् ।

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो ।

त्यस ल्याबमा रोना संक्रमण पुष्टि भएका २२ नमुनामा आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा आठ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बीए.फाइभ’ देखिएको समाचारस्रोतको दाबी छ ।

अहिलेसम्मकै संक्रामक मानिएको ‘बीएफ.वान नेपालमा पहिलोपटक देखिएपछि धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी सिएको प्राप्त समाचारमा जनाएको छ।

‘पछिल्लो समयमा संक्रमण बढ्नुमा ‘बीए.फाइभ’ कै हात रहेको छ । ‘बीए.फाइभको सबभरियन्ट ‘बीएफ.वान’ पुष्टि हुनुले थप चुनौति थपिदिएको छ,’ स्रोतले भन्यो ।

यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।

विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ.वान’ युरोपमा पनि देखिएको पुष्टि गरिसकेको छ ।पछिल्लो दुई हप्तायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमा दोस्रो डोज खोप लगाएकाहरु पनि पाइएको छ ।

अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल अहिले पुष्टि भएका ओमिक्रोनको उपप्रजातिमा खोपको प्रभावकारिता कम भएको बताउँछन् । उनका अनुसार कुल संक्रमितमध्ये ‘बीए.फाइभ’ ले ८० प्रतिशतलाई संक्रमण गराएको छ ।

‘३५ प्रतिशत ओमिक्रोनको सब भेरियन्ट ‘बीए.फाइभ’ ले गर्दा अस्पताल भर्ना भएका छन्’, डा. दुलालले भने, ‘खोप लगाएर वा संक्रमण भएर शरीरमा बनेको एन्टिबडीले ‘बीए.टु’ लाई जति सुरक्षा दिन्थ्यो । त्यसको चार गुणा कम सुरक्षा ‘बीए.फाइभ’ दिएको पाइएको छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल संक्रमणदर १० प्रतिशतले नाघिसकेको छ । विज्ञका अनुसार यो कोरोनाको चौथो लहर हो ।

डा. दुलाल भन्छन्, ‘दुई डोज वा बुस्टर खोप लगाएका मानिस पनि अस्पतालमा भर्ना भएका छन् । ‘बीए.फाइभका सब भेरियन्ट संक्रमणका कारण वा खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता छल्न समक्ष भएको देखिन्छ ।’

यद्यपि, खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप (बुस्टर) लगाउनुपर्ने डा. दुलालको सुझाव छ ।

‘अतिरिक्त खोप र मास्क लगायतका जनस्वास्थ्यको मापदण्ड पालनामा ध्यान दिनुपर्नेछ’, डा. दुलाल भन्छन्, ‘अब कोभिडको संक्रमण प्रकृति हेर्दा फ्लु (मौसमी रुघाखोकी) विरुद्धको खोप जस्तो कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुनसक्छ ।’

प्रतिक्रिया