गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको हो ।
आाइतबारदेखि सामान्य रुघा र साेमबार बिहानबाट हल्का ज्वरो आएपछि चिकित्सकसँग परामर्शमा उनको मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । साँझपख आएको स्वाब परीक्षणको रिपोर्टमा मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भए पछि मुख्यमन्त्री कार्यालयमा खैलाबैला मच्चिएको छ।
हाल हल्का ज्वरो देखिएका मुख्यमन्त्री पोखरेल चिकित्सकको सल्लाह बमोजिम पोखरास्थित सरकारी निवासमै आराम गरिरहेको प्राप्त समाचारमा जनाइएको छ।
यसैबीच कोरोना संक्रमित मुख्यमंती पोखरेलले सर्वसाधारण सबैलाई सतर्क रहन आग्रह गर्दै मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।