७० दिनपछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

७० दिनपछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु


  • जन संचार
  • आइतबार, १ साउन २०७९
  • 5.3K
    Shares

७० दिनको अन्तरमा आएर आज नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० दिनपछि पहिलो पटक आज एक संक्रमितको मृत्यु भएको हो । यसभन्दा अगाडी वैशाख २४ गते एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार ५९ जना संक्रमित निको समेत भएका छन् । अहिले देशभर एक हजार १,४३९ जना सक्रिय संक्रमित छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ६९ छन् । मन्त्रालयका अनुसार १८ जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अहिलेसम्म नेपालमा कुल जनसंख्याको एक मात्रा ७०.३ प्रतिशत, ७० प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले बुस्टर ( अतिरिक्त) खोप लगाएका छन् ।

प्रतिक्रिया