नेकपा एमालेका पुर्व उपाध्यक्ष वामदेव गौतमले आज आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको नाममा पार्टी घोषणा गरेका छन्।
बहुपदीय पद्धतिमा चल्ने नवघोषित पार्टीको केन्द्रीय समिति ७५ सदस्यीय रहेको छ भने प्रत्येक प्रदेशमा इन्चार्ज रहने गरी सात जना उपाध्यक्ष, एकजना महासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने छ र दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्।
पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रुपमा रहने जनाएको छ ।