नेकपा एमाले विभाजन भए यता मौन बसेका एमालेका तात्कालिन नेता बामदेब गौतम दम्पत्ति सुटुक्क अमेरिका प्रस्थान गरेका छन्।
राष्ट्रियसभा सदस्य गौतमका साथमा उनकी धर्मपत्नी तुलसा थापा पनि आइतबार साँझ ८:३० बजे कतार एयरलाइन्सको उडानबाट अमेरिका प्रस्थान गरेको उच्च स्रोतले जानकारी दिएको छ।
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गौतमले पछिल्लो समय नेकपा एकीकृत समाजवादीको चुनाबी गीत लेखेर आफ्नो राजनीतिक मौनता तोडेका छन्। तर उनकी धर्म पत्नी तुलसा थापा एमालेकी सांसद हुन्।
पारिवारिक स्रोतकाअनुसार गौतम निजी भ्रमणमा अमेरिका गएका हुन्। यद्यपि नेपाल र अमेरिका कुटनीति सम्बन्धको ७५ वर्षगाँठका मनाइरहँदा गौतमको भ्रमणलाई महत्वका साथ हेरिएको छ।
नेपाल एमसीसी सम्झौता संसदबाट पारित भएपछि अमेरिकी अधिकारीको भ्रमण बढेको छ। केही समयपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै अमेरिका भ्रमणमा जाने तयारी तयारीमा छन्।