एमाले संगठन बिभाग प्रमुख खगराज अधिकारीको जन्म वडामा के छ एमालेको अवस्था ?

एमाले संगठन बिभाग प्रमुख खगराज अधिकारीको जन्म वडामा के छ एमालेको अवस्था ?


  • जन संचार
  • शनिबार, ७ जेष्ठ २०७९
  • 11.9K
    Shares

आन्तारिक कलहका कारण पोखरा महानगरपालिकाको मेयर पदमा एमाले उम्मेदवार निकै कमजोर देखिएका छन्। उनले आफ्नै जन्मथलो पोखरा महानगर पालिका वडा नम्बर १६ मा सोचे जस्तो मत पाएका छैनन्। उनी नेकपा (एमाले)को खगराज अधिकारी समुहका नेता हुन।

कास्की जिल्लामा आफ्नो समुहको नेतृत्व गरिरहेका नेकपा एमाले स्थायी कमिटि सदस्य एबम संगठन बिभाग प्रमुख खगराज अधिकारीको जन्मथलोमा नेकपा एमालेले कति मत ल्यायो होला भन्ने सबैलाई जिज्ञासा हुनसक्छ। नेता अधिकारीको जन्म थलो पोखरा ३१ बेगनास हो। उक्त वडामा नेकपा एमालेले बिजय हासिल गर्ने आँकलन गरिएको हुन सक्छ। तर एमाले कास्कीमा देखिएको गुटगत लडाईको असर पोखरा ३१ मा पनि देखिएको छ।

पोखरा ३१ मा हालसम्म गणना भएको

#मेयर
धनराज आचार्य एकिकृत समाजबादी कलम २१६
कृष्ण थापा, नेकपा एमाले १६५

#उपमेयर
मञ्जु गुरुङ नेकपा एमाले १८०
कोपिला रानाभाट नेपाली काग्रेस १९६

#वडाध्यक्ष

नेपाली कांग्रेस रुख २१३
नेकपा एमाले सुर्य १९३
====================

पोखरा महानगरपालिका ८१७५४ मतगणना गर्दा

#मेयर
धनराज आचार्य एकिकृत समाजबादी कलम ३३१००
कृष्ण थापा, नेकपा एमाले २९६५८
मतान्तर ३४४२
शंकर खराल राप्रपा ३५९५
खड्कराज पौडेल गनेश स्वतन्त्र लौरो २२२७२

#उपमेयर
मञ्जु गुरुङ नेकपा एमाले ३३९०५
कोपिला रानाभाट नेपाली काग्रेस ३३५७१
मतान्तर ४३४
रन्जना सेन राप्रपा ३४८६

प्रतिक्रिया