बागलुङको गलकोट नगरपालिका–१ मा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना बिजयी

बागलुङको गलकोट नगरपालिका–१ मा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना बिजयी

  • जन संचार
  • शनिबार, ३१ बैशाख २०७९
  • 5.8K
    Shares

बागलुङको गलकोट नगरपालिका–१ मा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना बिजयी

राष्ट्रिय जनमोर्चाले बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनको तर्फबाट वडा अध्यक्षको साझा उम्मेदवार बनेका लाल बहादुर रानाले एक हजार एक सय छ मत प्राप्त गर्दै विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पदम बहादुर कार्कीले तीन सय ७५ मत प्राप्त गरेका छन् ।

रानासँगै उनको प्यानलका महिला सदस्यमा धना खत्री, दलित महिला सदस्यमा चित्राकुमारी सुनार, खुल्ला सदस्यमा पूर्णबहादुर खत्री र भिमबहादुर थापा विजयी भएका छन् ।

प्रतिक्रिया