भोट हाल्न बोकेर ल्याइएकी बृद्धाको सोलुखुम्बुमा निधन : कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताका बीच झडपमा एक युवाको मृत्यु

भोट हाल्न बोकेर ल्याइएकी बृद्धाको सोलुखुम्बुमा निधन : कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताका बीच झडपमा एक युवाको मृत्यु


  • जन संचार
  • शनिबार, ३१ बैशाख २०७९
  • 5.1K
    Shares

बन्धक, कुटपिट

मतदान गर्न बोकेर ल्याइएकी एक मतदाता महिलाको मृत्यु भएपछी भएको झडपमा सोलुखुम्बुमा अर्का एक व्यक्तिको मृत्यु भएको छ।

भोट खसाल्न ल्याइएकी सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ३ कि विरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

मत खासल्नका लागि बोकेर ल्याइएकी दमको विरामी ती वृद्धाको शुक्रबार साँझ नै मृत्यु भएको थियो । मतदान गरिसकेपछि घर पुर्‍याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूह बीच झडप भएको थियो । त्यस झडपमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहाले जानकारी दिए ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया