मुगुमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप : प्रहरीद्वारा ११ राउण्ड हवाई फायर

मुगुमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप : प्रहरीद्वारा ११ राउण्ड हवाई फायर


  • जन संचार
  • बिहिबार, २९ बैशाख २०७९
  • 3.4K
    Shares

बन्धक, कुटपिट

स्थानीय तहको चुनाब हुनुभन्दा अघिल्लो दिन आज मुगु जिल्लाको सोरु गाउँपालिका-३ भिइ गाउँमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले ११ राउण्ड हवाई फायर गरेको छ।

सोरु गाँउपालिका—३ मा बुधबार राति ११ बजे कांग्रेसका कार्यकर्ताले सोही वडाको माओवादी केन्द्रबाट उम्मेदवार मनकला रोकायाको घर घेराउ गरेर आक्रमण गर्न खोजेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ११ राउण्ड हवाई फायर गरेको हो।

हवाई फायरपछि भिड तितरवितर भए पनि पुन: दुई समूहबीच झडप हुने सम्भावना देखिएपछि सुरक्षाका लागि सोरु गाँउपालिका सोरुकोटबाट नेपाली सेना, जनपद र शस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी सुभाष हमालले बताए।

बुधबार दिउँसोबाट दुई पक्षबीच भएका वादविवादले मतदान केन्द्रमा सर्वदलीय बैठकसम्म बस्न सकेको थिएन। राति ११ बजे दुई पक्षबीच भएको विवादले प्रहरीले हवाई फायर गरेपछि नियन्त्रणमा आएपछि आज सर्वपक्षीय बैठक सम्पन्न भएको गुरु माबि मतदान केन्द्रका मतदान अधिकृत यमबहादुर मल्लले बताए।

प्रतिक्रिया