रातको समय किन जनताको घेरामा परे पोखरा १६ का वडाध्यक्ष आचार्य ?

रातको समय किन जनताको घेरामा परे पोखरा १६ का वडाध्यक्ष आचार्य ?


  • जन संचार
  • बिहिबार, २९ बैशाख २०७९
  • 21.8K
    Shares

जनताको घेरामा पोखरा १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य

स्थानीय तहको चुनाबको मौन अवधी शुरु भएकै पहिलो दिन बुधबार साँझ करीब सात बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य अन्य केही सहयोगीहरुसहित स्थानीय जोगिमणिदेखि केही उत्तर घट्टे कुनामा देखिए। त्यसैबीच “मौन अवधिको समयमा पैसा बाँड्न हिडेको” भन्दै स्थानीय बासिन्दाहरुले उनीहरुलाई घेरा हाले।

जब जनताले घेरा हाले वडाध्यक्ष आचार्यसंग रहेका अन्य व्यक्तिहरु एक-एक-एक गरेर लुसु-लुसु घरतिर हिडे। जनताले घेरा हालेपछि सोधीखोजी गर्दा एकजनासँग नगद २२ हजार पांच सय रुपियाँ भएको सुचाना आयो। अनि प्रहरीलाई खबर गयो।

प्रहरी घटनास्थलमा पुग्दा नगद बोकेका व्यक्ति आफु ठेकेदार भएकाले आफुसंग नगद हुनु स्वाभाविकै भएको जिकिर गर्दै घरमा आमा बिरामी भएको भनेर त्यहाँबाट लुसुक्क घरतिर हिडे। त्यसपछि राती करीब ८ बजेतिर त्यहाँ पुगेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारी नेतृत्वको प्रहरी टोलीले वडाध्यक्ष आचार्यको शरीर खानतलाशी गर्यो। साथबाट केही फेला परेन।

वडाध्यक्ष आचार्यको शरीर खानतलाशी गर्दा खासै केही फेला नपरे पछि प्रहरीले वडाध्यक्ष आचार्यलाई जिल्ला नीर आचन अनुगमन टोलीलाई हस्तान्तरन गरेको थियो। आफुहरु घटनास्थलमा पुगेर शरीर खानतलाशी गर्दा उजुरीमा भनिए जस्तो कुनै प्रमाण नभेटिए पछि छाडेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाका अनुगमन अधिकृत नीलप्रसाद पनेरुले जानकारी दिए।

अनुगमन समितिका अधिकृत निल पनेरुले घटनास्थलमा पुगेर घटनाको छानबिन गर्दा उजुरी परेको व्यक्ति वडाध्यक्षको साथबाट रकम नभेटिएको बताए । अनुगमन समितिका अधिकृत पनेरुले भने–‘वडाध्यक्षको साथबाट ४ हजार रुपैयाँमात्र प्रहरीले बरामद गर्यो । निर्वाचनको लागि पैसा बाँड्न गएको भन्ने तथ्यलाई भेटिएको रकमले पुष्टि नगर्ने भएपछि हामीले वडाध्यक्षलाई छोडेर फर्कियौं ।’

वडाध्यक्ष आचार्यको साथमा भएको मोवाइल खोसेका स्थानीयले झण्डै २ घण्टासम्म नियन्त्रणमा लिएर राखेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीको टोली आएपछि प्रहरीले खानतलासी गर्दै वडाध्यक्षलाई १ घण्टासम्म गाडीमा राखेको थियो । वरपर जम्मा भएको भीडलाई हटाएपछि प्रहरीले वडाध्यक्ष आचार्यलाई महेन्द्रगुफा भन्दा अलि तल पु¥याएर निर्वाचन आयोगका कर्मचारीहरुलाई बुझाएको थियो । निर्वाचन आयोगबाट अनुगमन समितिका अधिकृत निल पनेरुको टोलीले घटनाको अवस्थाको बारेमा बुझेपछि गरिएको उजुरी अनुसार प्रमाण नपुगेको भन्दै वडाध्यक्ष आचार्यलाई छोडिदिएको थियो ।

प्रतिक्रिया