बुटवलमा बम विस्फोट : नेकपा माओवादीको पर्चा भेटियो

बुटवलमा बम विस्फोट : नेकपा माओवादीको पर्चा भेटियो


  • जन संचार
  • बिहिबार, २९ बैशाख २०७९
  • 3.5K
    Shares

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट

बुटवलको मिलनचोकस्थित सनराइज बैंकको अगाडि प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार विष्फोटबाट बि११ रेष्टुरेन्टको झ्यालको सिसा चर्केको र पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई ओटा सटरमा प्वाल परेको छ। घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी नाममा पर्चाहरु फेला परेको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरु समेत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी ठग बहादुर केसीले जानकारी दिए । प्रहरीले विष्फोट गराउनेको खोजि भइरहेको जनाएको छ ।

प्रतिक्रिया