तनहुँमा चुनावी सभामा सहभागी बालक बेपत्ता : एमाले र गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान

तनहुँमा चुनावी सभामा सहभागी बालक बेपत्ता : एमाले र गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान


  • जन संचार
  • मंगलबार, २७ बैशाख २०७९
  • 12.4K
    Shares

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ ।

उक्त स्थानमा सत्तारुढ गठबन्धनद्वारा आयोजित चुनावी सभामा गएका घिरिङ–५ धेनुङका १३ वर्षीय बालक इश्वर विकको पौडी खेल्ने क्रममा बेपत्ता भए पछि नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो ।

साथीहरुसँग पौडी खेल्न गएका बेला बालक विक बेपत्ता भएका बताइएको छ। बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् । सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

यसैबीच नेपाली का‌ंग्रेस तनहुँले पार्टीका घिरिङ गाँउ कार्यसमिति सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घट्नाप्रति आपत्ति जनाएको छ ।

पार्टीका जिल्ला सभापति जीतप्रकाश आलेले एक विज्ञप्ति जारी गदै नेपाली कांग्रेस घिरिङ गाँउ कार्यसमितका सभापति थापामाथि हातपात गर्ने एमालेका कार्यकता भुवन विक लगायतको समूहलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया