रोल्पाको गङ्गादेव गाउँपालिका-५ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच सोमबार राति झडप हुँदा कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा कांग्रेस समर्थित नेपाल तरुणदल वडा कमिटि अध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । गम्भीर घाइते भएका तरुणदल वडा कमिटि अध्यक्ष बुढामगरलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ ।
माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीको आरोप छ ।