बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको छ।
डिलाशैनी वडा नम्बर ५ घर भएका पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा रानालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी निरीक्षक लोकराज जोशीले स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले जोशीमाथि कुटपिट गरेको आरोप लगाइएको जानकारी दिए ।
अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले बताएको छ । डिलासैनी गाउँपालिका-५ बिनाबस्तीका वासिन्दा जोशीको दुबै खुट्टामा गम्भीर चोट लागेको उनका भाइ दीपकराज जोशीले जानकारी दिए । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। डिलासैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।