गएराती चितवनमा एमाले समर्थित युवा संघका नेता कुमार थापामाथि सांघातिक हमला भएको छ। युवा संघ खैरहनीका मेटा रहेका थापालाई शनिबार राति खैरहनी ८ स्थित थापाको घरनजिक सांघातिक हमला भएको हो।
धारिलो हतियार प्रहारबाट थापाको टाउको, हात, खुट्टामा चोट लागेको र उनको गम्भीर अवस्थामा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले जानकारी दिए।
प्रहरीका अनुसार, थापा एक वर्षअघि नेपाली काङ्ग्रेसबाट एमालेमा प्रवेश गरेका थिए र अहिले आफ्नो पार्टीलाई चुनाबमा जिताउन प्रचारप्रसार र घरदैलोमा सक्रियरुपमा लागेका थिए । राजनीतिक प्रतिशोधका कारण घटना गराइएको हुन सक्ने अनुमान गरिएको छ ।
उनीमाथि कसले र किन आक्रमण गरेको हो खुल्न नसकेको र आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको निरीक्षक विश्वकर्माले बताए।