२६औं पटक सगरमाथा आरोहण गरेर कामी रीताले बनाए अर्को कीर्तिमान

२६औं पटक सगरमाथा आरोहण गरेर कामी रीताले बनाए अर्को कीर्तिमान


  • जन संचार
  • आइतबार, २५ बैशाख २०७९
  • 3.7K
    Shares

२६ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कामी रीता शेर्पाले कीर्तिमान कायम गरेका छन् ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटका अनुसार आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार शेर्पा २६ औं पटक सगरमाथा शिखरमा पुगेका हुन् ।

शेर्पासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै, डोरी टाँग्दै शिखरमा पुगेको हो । सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ ।

शेर्पाले २०१८ मे १६ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । शेर्पाले पहिलो पटक सन् १९९४ मे १३ मा सगरमाथा चुचुरो चुमेका थिए । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमानसमेत रहेको छ ।

प्रतिक्रिया