चुनाब बिरोधि गतिबिधि गरेको आरोपमा तनहुँबाट तीन जना गिरफ्तार

चुनाब बिरोधि गतिबिधि गरेको आरोपमा तनहुँबाट तीन जना गिरफ्तार


  • जन संचार
  • शुक्रबार, २३ बैशाख २०७९
  • 4.3K
    Shares

चुनाब खारेजी अभियान संचालन गरिरहेको भनिएको नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट (माओवादी)का तीन जना नेता तथा कार्यकर्ता तनहुँबाट गिरफ्तार गरेका छन्।

प्रहरीले चुनाब बिरोधी गतिबिधि गरेको आरोपमा तनहुँको छाब्दी बराह मन्दिर क्षेत्रबाट तीन जनालाई गिरफ्तार गरेको हो। नेपाल कम्युनिष्ट (माओवादी) मध्ये-पश्चिम कमाण्ड इन्चार्ज गौरबले बिहिबार एक प्रेस बिज्ञप्ति जारी गरेर चुनाब खारेजी अभियान गर्ने तयारी गरिरहेको अवस्थामा आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारीमा परेको जानकारी दिएका छन्। बिहिबार जारी विज्ञप्तिका अनुसार, प्रहरीले पार्टीका तनहुँ जिल्ला सचिव मदन तथा कार्यकर्ताहरु बिजय र विकासलाई गिरफ्तार गरेको छ। अद्यापि प्रहरीले यस बारेमा औपचारिक रुपमा जानकारी दिएको छैन।

नेपाल कम्युनिष्ट (माओवादी) मध्ये-पश्चिम कमाण्ड इन्चार्ज गौरबले गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता रिहाइको माग पनि गरेका छन्।

प्रतिक्रिया