ने.क.पा.भित्र कारबाहीको शृंखला : चुनाब उपयोग पक्षधरहरुद्वारा बहिष्कार पक्षका केन्द्रीय सदस्य चलाउने र लोहनीलाई पार्टीबाट निष्कासन

ने.क.पा.भित्र कारबाहीको शृंखला : चुनाब उपयोग पक्षधरहरुद्वारा बहिष्कार पक्षका केन्द्रीय सदस्य चलाउने र लोहनीलाई पार्टीबाट निष्कासन


  • जन संचार
  • बिहिबार, २२ बैशाख २०७९
  • 2.8K
    Shares

उदय चलाउने 'दिपक', गुणराज लोहनी

राज्यविरुद्ध संघर्ष गरेर बैज्ञानिक समाजवाद स्थापना गर्न शुरु गरिएको एकीकृत जनक्रान्तिको कार्यदिशा बोकेको नेपाल कम्युनिष्ट पार्टी विभाजित त भएको छ नै, अब एकले अर्कालाई कारबाही गरिएको भन्दै कारबाहीका शृंखला नै शुरु भएको छ।

चुनाब बहिष्कार पक्षधर ने.क.पा.का नेता तथा कार्यकर्ताहरुको बुधबार चितवनमा जारी राष्ट्रिय भेलाले पार्टी महासचिव बिप्लव र प्रबक्ता प्रकाण्डलाई कारबाही गरेर पार्टीको नयाँ संयोजकमा धर्मेन्द्र बास्तोलालाई तोकेको छ। यता पार्टी महासचिव बिप्लव र प्रबक्ता प्रकाण्डलाइ कारबाही गरेको खबर सार्वजनिक भए लगत्तै चुनाब उपयोगका पक्षधर नेता प्रकाण्डले एक प्रेस बिज्ञप्ति जारी गरेर पार्टीका केन्द्रीयद्वय सदस्य गुणराज लोहनी र उदय चलाउने ‘दिपक’लाई पार्टीबाट निष्काशन गरिएको बताएका छन्।

स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको हो । केन्द्रीय समितिको सचिवालयलको बैठकको निर्णयबाट उनीहरुलाई निलम्बन गरेको प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चुनाब उपयोग पक्षधर बिप्लव र प्रकाण्डको समुहले यस अघि नै पार्टीका सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कन्चन’लाई पार्टीबाट निष्काशन गरिएको सार्वजनिक गरि सकेका छन्। त्यसपछि चितवनमा बुधबार बसेको बास्तोला र ओली पक्षका नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाहीको निर्णय गरेको थियो ।

प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने ,जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ब अफवाह फैलाउने,पार्टी नेत्रृत्वको विरुद्ब विष बमन गर्ने अन्तत: पार्टी , एकीकृत जनक्रान्ति, पार्टी पद्दति र अनुशासनविरुद्ब अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य दिपक चलाउने र गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालयको वैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको जनाइएको छ ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘१- हाम्रो पार्टीको आठौँ केन्द्रीय समितिको १२ ओँ पूर्ण वैठकमा पार्टी महासचिव क।विप्लवले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा स्थानीय चुनाव प्रयोगको विषय पार्टी केन्द्रीय समितिको वैठक,सिङ्गो पार्टी पंति, राष्ट्रिय राजनीतिर एकहदसम्म अन्तर्राष्ट्रिय राजनीतिमा सर्वाधिक बहस र चर्चामा रह्यो । हाम्रो पार्टी , एकीकृत जनक्रान्तिका पक्षधर जनसमुदाय र क्रान्ति विरोधी तत्व दलाल पूँजिवाद एवं साम्राज्यवादको ध्यान केन्द्रीय समितिको वैठकमा केन्द्रीत भयो । अन्तमा बहसमा व्यक्त विचार, ईमानदारीता र क्रान्तिकारी प्रवृतिको सम्मान र उच्च जनवादको प्रयोगको रुपमा ग्रहण गर्दै स्थानीय चुनाव बारे ू यो पटकको स्थानीय चुनावलाई पार्टी दर्ता गरेर उपयोग गरिने छैन तर MCCएंव राष्ट्रघात विरोधी प्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुने छ ू भन्ने केन्द्रीय समितिले सर्वसम्वत निर्णय लियो ।
२- जब केन्द्रीय समितिको निर्णयको संप्रेषण र कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो । पार्टी भित्रको जडसुत्रवादी,यान्त्रिकतावादी ,सामाजिक अवसरवादी ,गुटवादी , फुटवादी ,आर्थिक अराजकतावादी ,साँस्कृतिक उपयोगीतावादी र छाडावादी प्रवृतिले भाँजो हाल्ने ,अवरोध खडा गर्ने र पार्टी पंति एंव जनपंतिमा गोयवल्स शैलीलाई माथ गर्ने गरि भ्रम सृजना गर्न उद्दत रहँदै आयो । धर्मेन्द्र वास्तोला र हेमन्त प्रकाश वली गुटको आज चितवनमा आयोजना गरिएको भनिने कथित भेलाले उक्त कुराको पुष्टी गरेको छ ।
३- पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने ,जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ब अफवाह फैलाउने,पार्टी नेत्रृत्वको विरुद्ब विष बमन गर्ने अन्ततस् पार्टी , एकीकृत जनक्रान्ति, पार्टी पद्दति र अनुशासन विरुद्ब अक्षम्य गल्ती गरेका कारण केन्द्रीय सदस्य क।दिपक चलाउने र क।गुणराज लोहनीलाई पार्टी केन्द्रीय समितिको सचिवालयको वैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको छ ।
४- एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा वैचारीक राजनैतिक बहस र विवादलाई निरुपण गर्ने मालेमावादी पद्दतिउच्च जनवादको प्रयोग द्बारा सत्य पत्ता लगाउने र त्यो सत्यलाई सर्वसम्मत निर्णयमा पुर्याउनु हो । त्यो हुन नसके निणयार्थ प्रस्तुत गरेर मत विभाजनबाट टुङ्गो लगाउने हो। बहुमतको निर्णय अल्पमतले पार्टी पद्दति र अनुशासनमा रहेर मान्नु पर्दछ ।लागु पनि गर्नुपर्दछ ।नीतिगत विषय हो भने फरक मत पक्षले एउटा केन्द्रीय समिति देखि अर्को केन्द्रीय समितिको वैठक सम्म पर्खनु पर्छ । धैर्यपनि गर्नु पर्छ । पार्टीको निर्देशक विचारमा फरक, राजनीतिक कार्यदिशामा फरक, राजनीतिक सैन्य कार्यदिशा र संगठनात्मक सिद्बान्तमा फरक हो भने एउटा महाधिवेशन देखि अर्को महाधिवेशन सम्म त न्युनतम पर्खनु पर्छ । कञ्चन र सुदर्शन गुटको न त पार्टी निर्देशक विचारमा मतभिन्नता नै छ, न त राजनीतिक कार्यदिशा,फौजी कार्यदिशा र संगठनात्मक सिद्बान्तमा फरक छ । स्थानीय चुनाव सम्बन्धी पार्टीको साझा दृष्टिकोण रप्रयोग गर्ने नयाँनीतिलाई बहाना बनाई पार्टी नेतृत्व विरुद्ब भ्रमको खेती गरेर पार्टी र क्रान्तिबाट पलायन हुने जुन हर्कत गरिरहनु भएको छ, यसले यो गुटको पार्टी र क्रान्तिको रक्षाको दुहाई हात्तिको देखाउने दाँत मात्र हो भन्ने कुरा छर्लङ्ग भएको छ । अन्ततस् कञ्चन र सुदर्शन गुटको नेपाल कम्युनिस्ट पार्टी ,एकीकृत जनक्रान्तिका र नेतृत्वका विरुद्ब हमला गर्ने दुस्साहस प्रकारान्तरले दलाल पूँजीवादी वर्ग, सामाजिक दलाल पूँजिपतिवर्ग र उत्तर साम्राज्यवादको नै सेवा गर्ने छ । यस खतराबाट सिङ्गो पार्टीपंति र जनपंति पुराकापुर सतर्क रही पार्टी एकताको रक्षा गर्न हाम्रो पार्टी विषेश अपिल गर्दछ ।
५- पदमुक्त गरिएका दुई जना सचिवालय सदस्य ,तिन जना पूर्ण केन्द्रीय सदस्य र पाँच / छ जना वैकल्पिक सदस्यको झुण्ड जम्मा पारेर पार्टीलाई बन्चरो हान्ने दुस्साहश र बहुमतको जामा पहिराई पार्टी पंतिलाई भ्रमित पार्ने एवं जनपंतिलाई निरास बनाउने यो गुटको पार्टी,एकीकृत जनक्रान्ति र नेतृत्वविरुद्बको खुफिया प्रचार शैलीबाट सतर्क रहन र भ्रमित नहुन सिङ्गो पार्टी पंति ,जनसंगठन ,मोर्चा,विभाग र आम नेपाली जनसमुदायमा विनम्र अनुरोध गर्दछौँ । ‘

प्रतिक्रिया