उपचार गर्दै गर्दा मोरङबाट पक्राउ परे दुई जना भारतीय नक्कली डाक्टर

उपचार गर्दै गर्दा मोरङबाट पक्राउ परे दुई जना भारतीय नक्कली डाक्टर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ बैशाख २०७९
  • 6.2K
    Shares

मोरङमा पक्राउ परेका दुई जना नक्कली डाक्टर

उपचार गर्दै गर्दा मोरङबाट दुई जना भारतीय नक्कली डाक्टर परेका छन्।

मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरि रहेका भारतको दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई नक्कली डाक्टर भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले दिएको जानकारी अनुसार,
बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा– १ फिलिम हल लाइनमा श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएका थिए भने मण्डलले सुन्दरहरैचा नगरपालिका– ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए ।

डाक्टर हुँ भन्दै क्लिनिक सञ्चालन गरी बसेका उनीहरुले ठगी गरेको उजुरी परेपछि छानबिन गर्दै जाँदा दुवै जना नक्कली डाक्टर भएको खुलेको डिएसपी श्रेष्ठले बताए। नेपालमा डाक्ट हुन नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र लिनेपरने कानूनी प्राबधान रहेको छ। उनीहरु दुवै जनाले नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र नलेखिएको भेटिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार