चितवनमा शुक्रबार आएको भिषण हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेको छ । भरतपुर–४ यज्ञपुरीमा रहेको रेडियोको टावर ढलेसंगै प्रशारण अबरुद्ध भएको हो ।
हावाहुरीले टावरसंगै सोलार प्यानल समेत उडाएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिए। हावाहुरीका कारण रेडियोमा १५ लाख बराबरको क्षति भएको अध्यक्ष पौडेलले बताए। टावरमा क्षति भएसंगै सो क्षेत्रको विद्युत समेत अबरुद्ध भएको छ ।
.
एक महिना अघिमात्रै आफ्नै भवनमा सारिएको सामुदायिक रेडियो भरतपुरमा टावर पनि नयाँ जडान गरिएको थियो ।