कपिलवस्तुस्थित सेनाको गणभित्रै चल्यो गोली, महिला सैनिक जवान घाइते

कपिलवस्तुस्थित सेनाको गणभित्रै चल्यो गोली, महिला सैनिक जवान घाइते


  • जन संचार
  • बिहिबार, ८ बैशाख २०७९
  • 4.6K
    Shares

नेपाली सेना

कपिलवस्तु बुद्धभूमि नगरपालिका गोरुसिंगेस्थित नेपाली सेनाको शमसेर दल गण भित्र गोली चलेको छ। बुधबार साँझ ७ बजेतिर गोली चल्दा महिला सैनिक जवान कोपिला राजवंशी गम्भीर घाइते भएकी छन्।

स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

प्रहरीले भने उक्त घटनाको विषयमा कुनै तथ्य सार्वजनिक गरेको छैन। राजवंशी आफैंले गोली चलाएको दाबी गरिएको स्रोतले जनाएको छ। छातीमा लागेको गोली पिठ्युँ छेडेर बाहिर निस्किएको श्रोतले जानकारी दिएको छ। news source https://lumbinihub.com/

प्रतिक्रिया