असन्तुष्ट कार्यकर्ताद्वारा नेपाली कांग्रेस कास्की पार्टी कार्यालयमा तालाबन्दी

असन्तुष्ट कार्यकर्ताद्वारा नेपाली कांग्रेस कास्की पार्टी कार्यालयमा तालाबन्दी


  • जन संचार
  • बुधबार, ७ बैशाख २०७९
  • 6.9K
    Shares

नेपाली कांग्रेस कास्कीको कार्यालयमा तालाबन्दी

गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरिए पछि आक्रोशित कांग्रेसका कार्यकर्ताहरुले आज नेपाली कांग्रेस कास्कीको कार्यालयमा तालाबन्दी गरेका छन्।

सत्ता गठबन्धनको उक्त निर्णयका बिरोधमा नेपाली कांग्रेसको पोखरा महानगर समितिले आज कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो । नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ ।

कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरे पछि अब कसरी बढ्ने भन्ने बारेमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीकाे बैठक दिउँसो एक बजे बस्दैछ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

साेमबार नै पाेखरा एकीकृत समाजवादीकाे भागमा परेकाे खबर बाहिरिएसँगै नेपाली कांग्रेस कास्की जिल्ला र नगर समितिका सचिवले एकीकृत समाजवादीसँग सम्बन्ध टुटेकाे, हैसियतभन्दा ठूलाे भाग खाेजेकाे भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएका थिए ।

लगत्तै साेमबार नै सभापति शेरबहादुर देउवाले तुरून्त काठमाडाैं आउनू भनेपछि कास्कीका कांग्रेस नेता हरू मंगलबार देउवालाई भेट्न गएका थिए । देउवाले गठबन्धनका समस्या बुझिदिन र विवाद ननिकाली गठबन्धनलाई जिताउन निर्देशन दिएका थिए । पाेखरा एकीकृत समाजवादीले नै पाउने पक्का भएपछि कास्कीका नेता, कार्यकर्ता रुष्ट छन् ।

प्रतिक्रिया