दाङको राप्ती नदीमा माछा मार्ने क्रममा बि’ष्फो’ट हुँदा एक बालकसहित पाँच जना घाइते भएका छन्।
आइतबार अपरान्ह ५ बजेतिर राप्ती नदीमा माछा मार्न गएका पांच जना बि’ष्फो’ट हुँदा घाइते भएका हुन्।
बि’ष्फोटमा परेर लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुशान्त भण्डारी, उनका बुवा ३७ वर्षीय दीपक भण्डारी र ३४ वर्षीय दलबहादुर चौधरी घाइते भएका छन्।
नदीमा बि’ष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा बि’ष्फोट भएर एक बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।
बि’स्फोटबाट लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुशान्त भण्डारी, उनका बुवा ३७ वर्षीय दीपक भण्डारी र ३४ वर्षीय दलबहादुर चौधरी घाइते भएका छन्। घाइतेको अनुहारलगायत अंगमा चोट लागेको छ।
घाइतेमध्ये प्रदीप चौधरीलाई थप उपचारका लागि भैरहवा लगिएको एसपी सुरेश काफ्लेले बताए। अन्य चार घाइतेको लमहीमा उपचार भइरहेको छ।
माछा मार्न बनाइएको घरायसी बि’स्फोटक पदार्थ प’ड्केको हुन् सक्ने प्रहरीले अनुमान गरेको छ। फाइल फोटो