पोखरा महानगरको मेयर पदमा एकीकृत समाजवादीको दाबी : कांग्रेसका १८ जनाले देखाए आकांक्षा

पोखरा महानगरको मेयर पदमा एकीकृत समाजवादीको दाबी : कांग्रेसका १८ जनाले देखाए आकांक्षा


  • जन संचार
  • आइतबार, ४ बैशाख २०७९
  • 3.1K
    Shares

सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको चुनाबमा पोखरा महानगरपालिका र तीन वटा उपमहानगरपालिकाको नेतृत्व दाबी गरिरहेको अवस्थामा सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आज पोखरा महानगरपालिकाका लागि आकांक्षीहरुको नामावली संकलन गरेको छ।

नेपाली कांग्रेसले आज गरेको आव्हानमा पोखरा महानगरपालिकाको मेयरमा १८ जनाले र उपमेयरमा १० जनाले आकांक्षा प्रकट गरेका छन्। २५ हजार रुपियाँ लिएर आबेदन लिइएको आकांक्षीहरुको सूचीमा गण्डकी प्रदेश सरकारका बहालवाला मंत्री, नेपाल सरकारका पुर्व सचिव, पत्रकार, बरिष्ठ अधिबक्ता लगायत विभिन्न ब्यबसायीहरु रहेका छन्।

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा, नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्य, नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल, नेताहरु कृष्ण बहादुर केसी, निर्मल प्रसाद कर्मचार् , बरिष्ठ अधिबक्ता विश्व घिमिरे पत्रकारद्वय गंगाधर पराजुली र सरस्वती गुरुङ लगायत १८ जनाले पोखरा महानगरपालिकाको मेयर पदमा आकांक्षीको रुपमा निबेदन दिएका छन्। त्यस्तै पर्यटन ब्यबसायी गणेशबहादुर भट्टराइ, संचार उद्यमी विश्व शंकर पालिखे, नन्द प्रसाद तिवारी, विरेन्द्र नारायण विजुक्छे, बाबुराम गिरी, कोपिला रानाभाट, किरण के.सी. र ऋषि सापकोटाले पनि नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा उठ्न आकांक्ष्क्ष प्रकट गर्दै निवेदन दर्ता गराएका छन्।

पोखरा महानगरपालिकाको उपमेयर पदका लागि भने पार्टीको महासमिति सदस्य माया बराल लगायत १० जनाले आकाक्षीका रुपमा आबेदन दिएका छन्। उपमेयर पदमा आकांक्षा प्रकट गर्ने अन्य नेताहरुमा लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ्, शिव केसी र गोविन्द नेपाली पनि रहेका छन्।

मेयर पदमा उठ्न आकांक्ष्क्ष प्रकट गर्ने नेताहरु
१. सुदिपमोहन भट्टराई
२. परमेश्वर पोखरेल
३.निर्मल प्रसाद कर्मचार्य
४. कृष्ण बहादुर के सि
५. बाबुराम आचार्य
६. सरास्वती गुरुङ्
७. नन्द प्रसाद तिवारी
८. गंगाधर पराजुली
९. विरेन्द्र नारायण विजुक्छे
१०.विश्व शंकर पालिखे
११. किशोर दत्त बराल
१२. बिन्दु कुमार थापा
१३. बाबुराम गिरी
१४. गणेश बहादुर भट्टराई
१५. कोपिला रानाभाट
१६. किरण के.सी.
१७. विश्व घिमिरे
१८. ऋषि सापकोटा

उप-प्रमुख पदमा उठ्न आकांक्ष्क्ष प्रकट गर्ने नेताहरु
१. माया बराल कार्की क्षेत्री
२.लक्ष्मी पाण्डे क्षेत्री
३. रंगिला आचार्य
४.आनन्दी राणा कार्की
५. टिका कुमारी गुरुङ
६. दिपक मल्ल
७. मिलन थापा
८. चिनु गुरुङ्
९. शिव केसी
१०. गोविन्द नेपाली

प्रतिक्रिया