सुरुङ खनेर सुर्खेत जिल्ला कारागारबाट भागेका एक कैदीलाई प्रहरीले २१ वर्षअघि फेरि पक्राउ गरेको छ।
२०५८ माघ २ गते सुरुङ खनेर सुर्खेत जिल्ला कारागारबाट भागेका सुर्खेतको बराहताल गाउँपालिका-८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिकास्थित भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीले २१ वर्षपछी फेरी पक्राउ परेका शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ।
प्रहरीका अनुसार, विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम शाहीले सुर्खेत जिल्ला कारागारमा जन्मकैद सजाय भोगिरहेका थिए। सोही क्रममा शाहीले २०५८ माघ २ गते सुरुङ खनेर फरार भएका थिए।