एमालेले रुपा गाउपालिकामा पुरानै प्रमुख र उपप्रमुख दोहोर्याउने : प्रमुख ओझाले गाडी फिर्ता गरे

एमालेले रुपा गाउपालिकामा पुरानै प्रमुख र उपप्रमुख दोहोर्याउने : प्रमुख ओझाले गाडी फिर्ता गरे


  • जन संचार
  • शुक्रबार, २ बैशाख २०७९
  • 2.6K
    Shares

प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानालाई चाबी हस्तान्तरण गर्दै रुपा गाउपालिका प्रमुख नवराज ओझा

कास्की जिल्लाको रुपा गाउपालिकाक प्रमुख नवराज ओझाले आफुले चढ्दै आएको गाडी गाउपालिका कार्यालयलाई फिर्ता गरेका छन्।

आफु फेरी पनि नेकपा एमालेको तर्फबाट कास्की जिल्लाको रुपा गाउँपालिकाको प्रमुख पदमा उठ्ने भएपछी ओझाले आफुले चढ्दै आएको गाडी गाउपालिकालाई फिर्ता गरेका हुन्। उनले प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानालाई गाडीको चावी हस्तान्तरण गरे । उनलाई नेकपा एमालेले गाउपालिकाको प्रमुख पदमा फेरी उठ्न सिफारिश गरेको छ।

पार्टीको पालिका कमिटीको मंगलबार बसेको बैठकले हालकै अध्यक्ष-उपाध्यक्षलाई आगामी ३० वैशाखको स्थानीय तह चुनावमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

रुपा गाउपालिक प्रमुख नवराज ओझा र उपप्रमुख लालसुब्बा गुरुङ
रुपा गाउपालिक प्रमुख नवराज ओझा र उपप्रमुख लालसुब्बा गुरुङ

गत २०७४ सालको चुनावमा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा र उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङ विजयी भएका थिए ।

गत चुनावमा एमाले उम्मेदवार ओझाले कांग्रेसका प्रकाशमोहन खनाललाई हराएका थिए । ओझाले ४ हजार २०५ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी प्रकाशमोहन खनालले ३ हजार ३०५ मत पाएका थिए ।

रुपाको उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङ ४ हजार १३ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी गिकुमारी गुरुङले ३४ सय ५६ मत ल्याएकी थिइन् ।

पालिकाका सात वटै वडामा वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार पनि सर्वसम्मत सिफारिस गरिएको छ । वडा नम्बर १ मा शिव खनाल, २ मा राजन सुवेदी, ३ मा दीपेन्द्र गौतम, ४ मा मुकुन्द वंशी, ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ, ७ मा कृष्ण सुवेदी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिक्रिया