चुनावको मुखमा २१ दिनका लागि को बन्ला सशस्त्र प्रहरी महानिरीक्षक ?

चुनावको मुखमा २१ दिनका लागि को बन्ला सशस्त्र प्रहरी महानिरीक्षक ?


  • जन संचार
  • मंगलबार, २९ चैत्र २०७८
  • 2.9K
    Shares

सशस्त्र एआइजीपी पुष्पराम केसी, सशस्त्र एआइजीपी नारायण पौडेल

सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल आजबाट चार वर्षे कार्यकाल पूरा गरी घर जाँदैछन् । सशस्त्र प्रहरीका आइजीपी खनाल घर जाने भए पछि नयाँ आइजिपिका लागि दौडधुप शुरु भएको छ।

नयाँ आइजिपीका लागि दौडधुप चलिरहदा अब बन्ने सशस्त्र प्रहरीको नयाँ आइजीपी जम्मा २१ दिनका लागि हुनेछन।

खनाल घर जाने भएपछि उनकै ब्याचीमध्येका पुष्पराम केसी र नारायण पौडेल प्रतिष्पर्धामा छन् । उनीहरुलाई निमित्त दिने वा बढुवा गर्नेबारे टुंगो छैन । २१ दिनका लागि आइजीपी बन्न केसी र पौडेल दुवै दौडमा छन् । दुवै नुवाकोट स्थायी घर भएकाहरु हुन् ।

यसैगरी, आइजीपी खनाल सेवानिवृत्त भएपछि केसी र पौडेलमध्ये एक आइजीपी बनेलगत्तै रिक्त एक एआइजीमा डिआइजीहरुको बढुवा हुनेछ । डिआइजीमा राजु अर्याल वरियतामा अगाडि छन् । त्यसपछि नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम छन् । तीनैजना आइजीपी बन्ने मार्ग प्रशस्त गर्न एआइजीमा बढुवाका लािग दौडमा छन् । अर्याल आइजीपी बन्नेमा ढुक्क छन् । तर, पौडेल र गौतमको पनि दौडधूप तिव्र भएको छ ।

यसैबीच प्राप्त जानकारी अनुसार, सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । सोमबार महानिरीक्षक शैलेन्द्र खनाल महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर संगठनबाट बिदा भएका छन् । खनालले वरियतामा अगाडी रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई निमित्तको जिम्मेवारी सुम्पेर बिदा भएका हुन् ।

खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् ।

नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका पुष्पराम केसी वरियतामा अगाडी छन् । पौडेल वरियताको दुई नम्बरमा छन् ।

सरकारले सशस्त्रको प्रमुख नियुक्त गरेको छैन । मंगलबार मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी प्रमुख नियुक्त गर्ने प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । शैलेन्द्र खनालकै ब्याचका केसी र पौडेलमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।

अर्धसैन्य संगठन सशस्त्र प्रहरीमा वरियता नमिच्ने परम्परा छ । सो परम्पराका कारण सरकारले केसीलाई आईजीपी नियुक्त गर्ने जानकारहरू बताउँछन् ।

पुष्पराम केसी अहिले कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख छन् । रामशरण पौडेल मानवश्रोत विभाग प्रमुख छन् । नेपाल प्रहरीबाट सेवा परिवर्तन गरेर सशस्त्र प्रहरीमा आएका उनीहरू दुवैजना २०७९ वैशाख १८ मा अवकाशमा जाँदै छन् ।

प्रतिक्रिया