अन्तत: माओवादी केन्द्र पोखरामा कोइराला खेमाद्वारा गुरुङ खेमा पराजित : कोइराला खेमाका लागि भबिष्य चुनौतीपूर्ण

अन्तत: माओवादी केन्द्र पोखरामा कोइराला खेमाद्वारा गुरुङ खेमा पराजित : कोइराला खेमाका लागि भबिष्य चुनौतीपूर्ण


  • जन संचार
  • शनिबार, २६ चैत्र २०७८
  • 3.2K
    Shares

राजकाजी गुरुङ, दीपक कोइराला

अन्तत: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजकाजी गुरुङ ‘करण’ खेमा दीपक कोइराला ‘रुपक’ खेमासँग पराजित भएको छ।

पार्टीको पोखरा महानगर कमिटिमा रहेका कोइराला खेमाबाट घोषित कृष्ण गिरि ‘बिज्ञान’ समुहका बिरुद्ध बिहीबार असहमतिको प्रस्ताब पारित गराउन सफल भएको गुरुङ खेमा २४ घण्टा नबित्दै कोइराला खेमासँग पराजित भएको हो।

बिहीबार गिरि समुहका बिपक्षमा ३८बिरुद्ध३१ मत ल्याएर नयाँ चुनाबी प्रक्रिया गराउन सफल भएको गुरुङ समुहले खडा गरेको शिव लामिछानेको प्यानल शुक्रबार भने पराजित भएको छ।

शुक्रबार कोइराला समुहबाट पुन: कृष्ण गिरि ‘बिज्ञान’को प्यानल र गुरुङ खेमाबाट शिव लामिछानेको प्यानल नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटिको नयाँ नेतृत्वका लागि भिडेका। थिए। शुक्रबारको मत परिणाममा गुरुङ खेमाका सहसचिवमा ईश्वरीप्रसाद लम्साल र कोषाध्यक्षमा बुद्धिमाया गुरुङ बाहेक सबै कोइराला खेमाकाले प्यानलै छ। कोइराला खेमाका सहसचिवमा जिसी र कोशाध्यक्षमा सुर्य तिवारी पराजित भएका थिए।

बिहिबार भएको मतदानमा ३८ का बिरुद्ध ३१ मत पाएर अस्वीकृत भएका कोइराला खेमाका शुक्रबारको मतदानमा भने ३७ का बिरुद्ध ३९ मत ल्याएर फेरी अध्यक्ष पदमा बिजयी भएका थिए।

यसैगरी समितिको अन्य पदाधिकारी र सदस्यमा भने सबै कोइराला खेमाका बिजयी भएका छन्।
शुक्रबार निर्वाचित नयाँ कार्य समितिमा कोइराला खेमाका बिहिबार अस्वीकृत पदाधिकारी र सदस्यहरु रहेका छन्। नयाँ समितिमा उपाध्यक्षमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी र विमला पहारी विजयी भए । तीन जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । सचिवमा जनक पराजुली, सहसचिवमा ईश्वरीप्रसाद लम्साल र कोषाध्यक्षमा बुद्धिमाया गुरुङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमल ढकालले जानकारी दिए ।

गत मङ्सिर ११ गते पोखराको अधिवेशन सम्पन्न भएर ८४ सदसीय समिति सदस्यहरु चयन गरे पनि नेतृत्वमा आकाङ्क्षीका बीचमा सहमति नहुँदा अध्यक्षलगायतका पदाधिकारी चयन हुन सकेको थिएन । फागुन अन्तिम साता कोइराला पक्षले गिरीलाई नै अध्यक्ष घोषणा गर्दै पदाधिकारी चयन गरिएको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । उक्त कार्यसमिति चयन प्रति असन्तुष्टि प्रकट गर्दै गुरुङ खेमाले सोका विरुद्ध समितिमा हस्ताक्षर सङ्कलन गरेर पार्टी जिल्ला, प्रदेश र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष बुझाएको थियो ।

अध्यक्ष प्रचण्डले प्रक्रियाका माध्यमबाट तत्कालै विवाद समाधान गर्न पार्टीको प्रदेश र जिल्ला नेतृत्वलाई निर्देशन दिएपछि समितिको बैठक बसेर मतदानका माध्यमबाट अध्यक्षलगायतका पदाधिकारी चयन गरेको हो ।
नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटिको भएको चुनाबी परिणामले बिगत १६ वर्षदेखि एक छत्र राज गर्दै आएका र अहिले आफ्नो खेमाको नेतृत्व गरिरहेका पार्टी केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ”करण” रक्षात्मक परिस्थितिमा पुगेको जस्तो देखिएको छ।

स्थानीय तहको तहको चुनाब नजिकिदै गैरहेको र उम्मेद्वारी चयन गर्ने अन्तिम चरणमा रहेका बेला नेकपा (माओवादी केन्द्र) को कास्की जिल्ला समितिमा देखिएको यी दुई खेमाको लडाईको असर पर्न सक्ने अनुमान गरिएको छ। एक छत्र राज गुरुङ खेमालाई पराजित गरेर उत्साहित जस्तो देखिएको कोइराला खेमाका लागि आगामी दिनहरु अझ झन् चुनौतीपूर्ण हुनसक्ने आंकलन गरिएको छ। आसन्न स्थानीय तहको चुनाबमा समग्र पार्टीले ल्याउने परिणामले कोइराला खेमाको भबिष्य निर्धारण गर्नेछ। आसन्न स्थानीय तहको चुनाबमा गुरुङ खेमाले सहयोग गरेन वा असहयोग गर्यो भने कोइराला खेमाका लागि आगामी दिनहरु कष्टकर हुनेमा दुई मत रहनेछैन।

प्रतिक्रिया