बतास समूहद्वारा संचालित होटल आनन्दको मुलगेटमै तालाबन्दी

बतास समूहद्वारा संचालित होटल आनन्दको मुलगेटमै तालाबन्दी


  • जन संचार
  • शुक्रबार, २५ चैत्र २०७८
  • 8.3K
    Shares

होटेल आनन्दमा तालाबन्दी

पशुपति क्षेत्र विकास कोषले बतास समुहद्वारा पशुपति क्षेत्रस्थित धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ ।

होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो ।

करिब २ घण्टाको घम्साघम्सीपछि पनि होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहिरबाटै होटलमा ताला लगाएको छ । कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।

सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिएका थिए भने होटलमा पाहुना भित्र थुनिएका छन् ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया